कुवेत– विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुध’boutका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाट आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/08/2021
मोरङ सुनसरी सेवा समाज कुवेतले दुवै मृगौला पिडित जयराम शाहिलाई सहयोग गर्यो
Posted in समाचार
दल विभाजन सहज बनाउने अध्यादेश आजै आउन सक्ने
मन्त्रिपरिषद्बाट आजै निर्णय गराएर राष्ट्रपतिसमक्ष सिफारिस पठाउने तयारीमा रहेका प्रधानमन्त्री देउवा बिहानैदेखि छलफलमा, प्रमुख प्रतिपक्ष एमालेले पनि डाक्यो बैठक
काठमाडौँ — सरकारले पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आजै ल्याउने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहानैदेखि यसका लागि पार्टी नेताहरूसँग बालुवाटारमा छलफल तीव्र पारेका छन् । अध्यादेशमा २५ वा ३० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहे दल विभाजन गर्न सक्ने प्रारम्भिक प्रस्ताव छ । देउवाले यही प्रयोजनले अपराह्न मन्त्रिपरिषद्को बैठक बस्न सक्ने भन्दै मन्त्रीहरूलाई समेत जानकारी पठाइसकेको स्रोतले जनाएको छ । बैठकको समय भने तय भइसकेको छैन । विभाजनका लागि आवश्यक संख्या २५ वा ३० कति राख्ने भन्नेमा पनि नेताहरूबीच सहमति जुट्न बााकी छ । मन्त्रिपरिषद् बैठकमै यसको टुंगो लगाउने तयारी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अमेरिकाले काबुलबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे
होम कार्की
काठमाडौँ — अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए । गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो । उनीहरूलाई दाेहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो ।
दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश: उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार