Daily Archives: 16/08/2021

अफगानिस्तान तालिवानको कब्जामा


राष्ट्रपति घानी देश छाडेर भागे, कार्यालय विद्रोहीको नियन्त्रणमा
सर्वसाधारणलाई नआत्तिन तालिवानको आग्रह
२० वर्षअघिको भन्दा उदार शासन गर्ने संकेत
बुद्धिसागर मरासिनी
thumbएजेन्सीको सहयोगमा — दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । देशका ३४ मध्ये कम्तीमा २६ वटा प्रान्त कब्जा गरेको तालिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए । तर, त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भागे । उनी ताजिकिस्तानतर्फ उडेको जनाइएको छ । एक उच्च अधिकारीले राष्ट्रपतिले देश छाडेको पुष्टि गरे पनि थप जानकारी दिन अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्