NRNA कुवेत र नेपाली दूतावास बिच परिचयत्मक कार्यक्रम सम्पन्न।

234605373_4571791659519304_9186173276480103969_n

दिल कुमार पाख्रिन /१३ अगस्ट कुवेत। NRNA कुवेतका नव निर्वाचित कार्यसमितिले नेपाली दूतावास कुवेतसंग आज दिउँसो परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ। COVID-19 को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि निर्वाचित कार्यसमितिका १६ जना र दूतावास परिवारबिच मैत्रीपुर्ण भेटघाट तथा परिचयत्मक कार्यक्रम आज सम्पन्न भएको हो।

कार्यक्रममा NRNA को तर्फबाट ICC सदस्य हरि लावती, संरक्षक अर्जुन तामाङ, सल्लाहकार गणेश रावत, अध्यक्ष रण ध्वोज लामा, उपाध्यक्ष अमृता बान्तावा र उमेश पुडासैनी, महासचिव दिलकुमार पाख्रीन, सह कोषाध्यक्ष सोनाम लामा, महिला संयोजक रमिता योन्जन महिला सह महिला संयोजक सजिना गुरुङ, युवा संयोजक नबराज पराजुली लगाएतका टोलि उपस्थित थिए भने नेपाली दूतावासको तर्फबाट महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, द्वितीय सचिव श्रीकृष्ण सिल्वाल र श्रम सहचारी हेमकुमार अधिकारी उपस्थित थिए।

परिचयत्मक कार्यक्रमसंगै कुवेतका नेपाली श्रमिकहरुको समस्या सम्बन्धी विभिन्न खाले समस्या समाधानका बिसयमा छलफल गरेका छन। छलफलका क्रममा महामहिम राजदूतले बार्षिक बिदा तथा अन्य विभिन्न कारण नेपाल गएर पुन: सहज रुपमा रोजगारिमा फर्किनका लागि नेपाली कामदारले भोग्नु परेको सास्तिप्रती दुख ब्यक्त गर्दै त्यसलाइ पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल गरि रहेको र केही दिनमा नै त्यो समस्याको समाधान हुने बताउनुभएको छ। अनलाइन श्रम स्वीकृति समबन्धी धेरै चासोका साथ जानकारिका लागि धेरै टेलीफोनहरु आइरहेको र त्यसलाइ अहिले तुरुन्तै अनलाइन श्रम गर्न अनलाइन विमा भुक्तान तथा eye test जस्ता कार्यहरु विदेशबाट हुन नसकिरहेकोले त्यसमा काम भैरहेको र निकट भविस्यमा नै कुवेतबाट अनलाइन श्रम गर्न सकिने व्यवस्था हुने श्रम सहचारी हेमकुमार अधिकारिले बताउनुभएको छ।

आजको कार्यक्रममा सँधै विवादित रहेको घरेलु कामदारको बिसयमा समेत छलफल भएको छ। वक्ताहरुले बन्द गर्ने भए कुवेत सरकारलाइ पत्रचार गरेर नेपालबाट घरेलु कामदारको लागि भिसा नै इस्यु नगर्न लगाउनु होइन भने तेस्रो मुलुक हुँदै श्रम नै नगरी कुवेत आइपुगेका घरेलु कामदारहरु बढी समस्या पर्ने भएको हुँदा वैधानिक अरिकाले नै श्रम गरेर आउने र आए पछि पनि सुरक्षीतताको व्यवस्थापन गर्न कुरा उठाए पनि महामहिम ज्युले यश बिसयमा थप अध्ययन सहित आवस्यक कदम चाल्ने बताउनुभएको छ।

साथै अवैधानिक रहेका नेपाली श्रमिकहरुलाइ COVID-19 विरुद्ध खोप लगाउन ब्यबस्था मिलाउन आग्राह गर्दा, नेपाली दूतावास र NRNA को संरक्षणमा नै अवैधानिक भएको बसेको रहेछ भन्ने सन्देश जान सक्ने हुँदा यो कार्य गर्न कठिनाइ रहेको बताउनुभएको छ। यदि अन्य देशमा नागरिकहरुले व्यवस्था गरेछ भने नेपाली दूतावास पनि त्यस कार्यमा लागि परि गर्नुपर्ने काम गर्न तयार रहेको बताउनुभएको छ।

त्यस्तै गरि दूतावासमा राखिएको हटलाइन नम्बरबाट WHATSAPP, IMO, VIBER जस्ता निशुल्क कल गर्न सक्ने गरि संचालनमा ल्याउन अनुरोध गर्दा, ती बाहेक इमेल र फेसबुक म्यासेज समेत सक्रिय भएको कारण त्यो त्यति बढी महत्त्वपूर्ण नभएको बताउनुभएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.