राजीनामाको जानकारी नआएको भन्दै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस


अमृता अनमोल
बुटवल — लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढाइएको छ । केही बेरअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेश प्रमुख कार्यालयबाट पत्र नआएकाले नियमित प्रक्रिया अघि बढाइएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी दिए । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए । अहिले विपक्षी दलका नेताहरुले उक्त प्रस्तावमाथि बोलिरहेका छन् । प्रदेशसभामा एमालेका सांसद भने उपस्थित छैनन् । मुख्यमन्त्रीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रदेशसभा बैठक २ : ४५ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख घर्तीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा जानकारी नभएकाले विशेष अधिवेशनको पूर्वनिरर्धारित तालिकाअनुसार अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको बताए । प्रदेश प्रमुखले पहिल्यै नै मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि समय र मिति नै तोकेर विशेष अधिवेशन डाकेकाले नियमित प्रक्रियाका रुपमा निरन्तरता दिइएको उनले बताए ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।

सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् । यसअघि पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका जसपाका तीन मन्त्रीमध्ये भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेयले पनि मंगलबार बेलुकी राजीनामा दिएका थिए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.