Daily Archives: 11/08/2021

राजीनामाको जानकारी नआएको भन्दै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस


अमृता अनमोल
बुटवल — लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढाइएको छ । केही बेरअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेश प्रमुख कार्यालयबाट पत्र नआएकाले नियमित प्रक्रिया अघि बढाइएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी दिए । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए । अहिले विपक्षी दलका नेताहरुले उक्त प्रस्तावमाथि बोलिरहेका छन् । प्रदेशसभामा एमालेका सांसद भने उपस्थित छैनन् । मुख्यमन्त्रीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रदेशसभा बैठक २ : ४५ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख घर्तीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा जानकारी नभएकाले विशेष अधिवेशनको पूर्वनिरर्धारित तालिकाअनुसार अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको बताए । प्रदेश प्रमुखले पहिल्यै नै मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि समय र मिति नै तोकेर विशेष अधिवेशन डाकेकाले नियमित प्रक्रियाका रुपमा निरन्तरता दिइएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा यसरी फर्किए कुलमान


अंगद ढकाल
thumbकाठमाडौँ — कुलमान घिसिङले करिब ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् । बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको थियो । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ । पढ्नेक्रम जारी राख्नुहोस्