Daily Archives: 05/08/2021

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने


231508179_1206989726456211_4862631975630134986_n_3XM4c8FIwHकाठमाण्डाै – वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् । वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा ‘रिक्वेस्ट फर्म”बाटै डाउनलाेड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा पनि उपलब्ध हुने विभागले जनाएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ


rambahadur-nepali-junichande-2-jkt२१ साउन, सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।
साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए। ‘वडाध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं’ प्रहरी निरीक्षक पाण्डेले भने । पढ्नेक्रम जारी राख्नुहोस्

तुइन प्रकरण : छानबीन समितिको टोली घटनास्थल जाँदै


सुन्दरसिंह धामी
दार्चुला : जयसिंह धामी बेपत्ता भएको घटनाको छानबीन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनको लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। जयसिंह धामी बेपत्ता प्रकरणमा सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने बताएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याउने जनाएको छ। यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ। गत साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिंह धामी सदरमुकाम खलंगामा महाकालीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिदा घट्ना घटेको समाचार आएसँगै घट्ना’bout अध्ययन गर्न छानबीन समिति दार्चुला पुगेको हो। बेपत्ता धामी अझै फेला परेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल समूहलाई सरकारमा ल्याउनै पर्ने के छन् देउवाका बाध्यता ?


देउवालाई मत दिएपनि ठाकुर समूहका १२ सांसदहरु अहिले पनि प्रतिनिधिसभामा विपक्षी बेन्चमा बसिरहेका छन् । त्यसैले जसपाका १२ जना सांसदहरुको भर गर्न नसकिने अवस्था रहने देउवाको बुझाई छ ।
जयसिंह महरा
thumbकाठमाडौँ — प्रधानमन्त्री भएको २१ दिन भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । उनी एमालेको माधव नेपाल समूहलाई पर्खेर बसेका छन् । प्रतिनिधिसभा १६५ मत ल्याएर विश्वास प्राप्त गरेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगरेको विषयले उनकै पार्टीभित्र पनि रामचन्द्र पौडेल समूहलेसमेत प्रश्न उठाउन थालेको छ । तर देउवा किन नेपाललाई पर्खेर बसेका छन् त ? किनकी नेपाल समूहमा सरकारमा सहभागी नहुने हो भने सरकारको जग दरिलो हुँदैन । जुनसुकै बेला सरकार अप्ठेरोमा पर्न सक्छ । नेपाल समूह सरकार नबसेर एमालेको ओली समूहमै मिल्न गयो भने त्यसको प्रत्यक्ष असर प्रतिनिधिसभाको अंकगणितमा पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्