Daily Archives: 04/08/2021

बाढीपहिरोले सडकमा ८० करोडको क्षति


darchula-photo-(3)_20210621063605काठमाडौं : वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै ८० करोड रुपैयाँको क्षति भएको छ। हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ। अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताए। उनका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन। उनले भने, ‘वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ।’ क्षतिग्रस्तमध्ये हाल १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन्। हालसम्म १५८ सडक अवरुद्ध भएकामा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बालुवाटार न बालकोट


संसद् र सरकारलाई जीवनदान दिने माधव नेपाललाई पुरस्कृत गर्न देउवा र दाहाल उत्साही छन्, उता सार्वजनिक तिरस्कार गरे पनि नेपाललाई स्विकार्ने नाटकीय मोडको प्रतीक्षामा छन् ओली, दोबाटोको यात्री बनेका छन् माधव नेपाल
बबिता शर्मा
thumbकाठमाडौँ — मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी हुने/नहुने विषयमा दुई/तीन दिन पर्खन आग्रह गरेका हुन् । नेपाललाई पर्खने भन्दै कांग्रेस र माओवादी आफैंले पनि ढिलाइ गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्