Daily Archives: 03/08/2021

तुइनबाट तर्नेको नुन–तेल पनि खोस्छन् एसएसबी


‘गाउँमा सुविधा छैन, आफ्नै जिल्ला सदरमुकाम जानसमेत बाटोघाटो छैन’
मनोज बडू
दार्चुला — महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई भारतीय सशस्त्र सीमा बलले बराबर सास्ती दिन्छन् । ‘हाम्रा लागि तुइन तर्नु बाध्यता छ,’ व्यास गाउँपालिका–३ का जयसिह कुँवर भन्छन्, ‘गाउँमा सुविधा छैन । आफ्नै जिल्ला सदरमुकाम जानसमेत बाटोघाटो छैन । धेरै कुरामा भारतमा निर्भर भएकाले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार र कुटपिट सहनुपरेको छ ।’ वारिपारि गर्ने नेपालीलाई भारतीय सुरक्षाकर्मीले बेलाबेलामा दुःख दिने गरेको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्