दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न छानविन समिति घटनास्थल जाँदै


काठमाडौँ: महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ । आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानविन टोली सोमबार दार्चुला जान लागेको हो । समिति सदस्य ज्यत्स्ना भट्टका अनुसार उक्त टोली सोमबार दिउँसो जहाज मार्फत कैलालीको धनगढी हुँदै मंगलबार हेलिकप्टरबाट दार्चुला प्रस्थान गर्नेछ । उक्त टोली सोमबार दिउँसो २ बजेतिर कैलाली प्रस्थान गर्ने बताइएको छ ।

छानविन टोलीका सदस्यहरुले घटनास्थल नजिकैका प्रत्यक्षदर्शीहरुसँग भेटेर घटनाको ’boutमा सोधपुछ गर्ने बताइएको छ । व्यास २ का ३३ वर्षीय जयसिंह धामी गत साता भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

यस घटनामा भारतीय सीमा सुरक्षा बलको हात रहेको भन्दै स्थानीय तथा धामीका आफन्तले आरोप लगाएका थिए । तर भारतीय प्रशासनले यस घटनामा एसएसबीको कुनै संलग्नता नरहेको जनाएको छ ।

यस घटनाको सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाणले गौतमको संयोजकत्वमा आइतबार पाँच सदस्यीय समिति गठन गरेका हुन्।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.