Daily Archives: 02/08/2021

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न छानविन समिति घटनास्थल जाँदै


काठमाडौँ: महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ । आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानविन टोली सोमबार दार्चुला जान लागेको हो । समिति सदस्य ज्यत्स्ना भट्टका अनुसार उक्त टोली सोमबार दिउँसो जहाज मार्फत कैलालीको धनगढी हुँदै मंगलबार हेलिकप्टरबाट दार्चुला प्रस्थान गर्नेछ । उक्त टोली सोमबार दिउँसो २ बजेतिर कैलाली प्रस्थान गर्ने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तिमी अक्सिजन देऊ, म यातना दिन्छु’


महामारीमा अक्सिजन अभावले देश निसासिँदा सिलिन्डर पठाउन सबैभन्दा पहिले जागेका थिए खाडीका श्रमिक
यता, भिडमभीड गरेर खोप लगाए पनि कार्डमा ‘क्यूआर कोड’ नहुँदा उड्न नपाएका श्रमिक आन्दोलन गर्न बाध्य
होम कार्की

काठमाडौँ — खाडी र मलेसियामा काम गर्ने करिब १४ लाख श्रमिकले गत आर्थिक वर्षको ११ महिनामा मात्र आठ खर्ब ७० अर्ब रुपैयाँ स्वदेश पठाएका थिए । यो नेपालको कुल विकास बजेटको झन्डै चार गुणा बढी हो । बिमाका लागि पनि हरेक श्रमिकले चार हजारसम्म तिर्छन्, वर्षमा २ अर्ब ५० करोडसम्म जम्मा हुन्छ । कल्याणकारी कोषका लागि प्रतिव्यक्ति १५ सयदेखि २५ सयका दरले वर्षमा ९१ करोडसम्म जम्मा हुन्छ । यसरी कोषमा अहिले ६ अर्ब रुपैयाँ जम्मा भएको छ । स्वास्थ्य परीक्षणमा वर्षमा एक अर्ब रुपैयाँसम्म उनीहरूले खर्च गर्छन् । अर्थतन्त्रमा यति ठूलो योगदान गर्ने श्रमिकलाई भने देशको प्रणालीले पटक–पटक सताइरहेको छ । गत वैशाखमा कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेको बेला अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाउन थालेपछि अस्पताल र सरकारले समेत हात उठाएका थिए । त्यही बेला खाडीका श्रमिकले पैसा संकलन गरेर अक्सिजन सिलिन्डर पठाएका थिए । खाडीबाट एकै खेपमा ५ सय ६० सिलिन्डर आएपछि सरकारले पनि मुक्तकण्ठले प्रशंसा गरेको थियो । तर, श्रमिकहरू विदेश जाने बेला मार्ग सहज बनाउने होइन, अवरोध गर्ने भूमिकामा सरकार आफैं उभिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्