सिन्धुपाल्चोक : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार शनिबार बिहान ७:४५ बजे पुल बगाएको हो। मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ। त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/08/2021
मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो।
कुवेत। मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार