Monthly Archives: अगस्ट 2021

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा


Gagan-thapa-300x184काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका- ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। ‘म मेरो वडा जसले मलाई राजनीति सिकायो, आधार दियो, भरोसा दियो’, थापाले भने, ‘१४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु।’

उनले उम्मेदावारी घोषणा गर्ने पवित्र ठाउँ आफ्नो लागि अर्को नहुने धारणा राखे। ‘मैले यहीँबाट सदस्यता लिएँ, मेरा यहाँ थुप्रै अग्रजहरु हुनुहुन्छ।’ थापाले भने ‘यस्तो पवित्र ठाउँ मेरालागि अर्को हुनै सक्दैन।’ पढ्नेक्रम जारी राख्नुहोस्

डा. केसीसँग भएका सम्झौता कार्यान्वयन’bout अध्ययन गर्न उच्चस्तरीय समिति गठन


dr-govinda-kc-5काठमाडौँ — सरकारले डा. गोविन्द केसीसँग विभिन्‍न समयमा भएका सम्झौता’bout अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा.केसीसँग गरिएका सम्झौताहरु कार्यान्वयनको कुन चरणमा छन् भनी यकिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा यस्तो समिति गठन गरेका हुन् । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानून मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानबाट २० वर्षे युद्ध टुंग्याउँदै फर्कियो अमेरिका


thumbकाठमाडौँ — अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिए । उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा दिनेश उप्रेती


239384042_904334110168390_4834015373461920814_n(कुबेत नेपालडट्कम)अगस्त 28 कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को तेस्रो ऐतिहासीक अधिवेशन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ। पढ्नेक्रम जारी राख्नुहोस्

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त


किशोर बुढाथोकी
bhim-acharya_20210826070242विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य बिहीबार नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले उनलाई आजै शपथ गराएको छ । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लागूऔषध राखेर फसाइएका पत्रकारको बयान : मैले एउटा बोलें, प्रहरीले अर्कै टाइप गर्‍यो


मोहम्मद मोजिबुल्लाह, पत्रकार
Journalist-who-was-arrested-in-Rautahat“मेरो घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ । ‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्‍यो, आउनु न’ फोनमा मलाई भनियो । मैले आधा घन्टापछि आउँछु भनें । गुलाब भन्ने भाइलाई लिएर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा होटल गएँ । होटलको तल औषधि पसल छ, त्यहाँ मोटरसाइकल पार्क गर्‍यौं र होटलमा गएर फोटो भिडियो खिचें । विज्ञापन छाप्ने पनि कुरा भएपछि मैले निस्किन खोजें । तर, साहुले ‘दाइ, कहिल्यै आउनुहुन्न । खाजा खाएन जानु न’ भने । पढ्नेक्रम जारी राख्नुहोस्