Monthly Archives: जुलाई 2021

कफिनमाथि आँसुको भल


मलेसियाबाट एकै दिन आए २४ शव र ३ जनाको अस्तु, १० शव अझै उतै
श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु मलेसियामा हुने गरेको छ 
होम कार्की
thumbकाठमाडौँ — प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २ घण्टाअघिदेखि नै भेला भइसकेका थिए मलिन अनुहार लगाएकाहरू ।यही भीडमा छुट्टै किंकर्तव्यविमूढ उभिएकी थिइन् दैलेखको दुल्लु–१३ मालिकाकी २८ वर्षीया पुष्पा शाही । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतको नेतृत्वमा-राणा ध्वज लामा।


222002514_4136873633032545_7425878905999079921_n२४ जुलाई , कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसि) कुवेतको नेतृत्वमा राणा ध्वज लामा चयन भएका छन् । शुक्रबार सम्पन्न संघको सातौ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्विरोध चयन भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बाबुराम–उपेन्द्र पक्ष सरकारमा जाने


मन्त्रालय भागबण्डामा समान हैसियतको दाबी
० सरकारमा सहभागिता जनाउने सबै दलले बराबर मन्त्रालय बाँड्नु पर्ने भनाइ
० आफ्नो दलले सात मन्त्री र एक राज्यमन्त्री पाउनु पर्ने यो पक्षको दाबी

baburam-bhattarai-and-upendra-yadav-58ae6f18ba5f67-10983870काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)को बाबुराम–उपेन्द्र पक्षले सरकारमा जाने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गर्दै सत्तारुढ गठबन्धनका सबै घटकबीच समान हैसियतमा मन्त्रालय बाँडफाँड हुनुपर्ने दाबी पनि गरेको छ। सरकारमा सहभागिता जनाउने सबै दलले बराबर मन्त्रालय बाँड्नु पर्ने यस पक्षको भनाइ छ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा आफ्नो दलले सात मन्त्री र एक राज्यमन्त्री पाउनु पर्ने जसपाको यो पक्षको दाबी छ। विद्यमान अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको यो पक्ष सरकारमा सहभागी हुने निश्चित छ। जसपाले सबैले ८/८ जनाको दरले भाग लगाउनु पर्ने जनाएको छ। नेकपा एमालेको माधवकुमार नेपाल समूह सहभागी भएमा ६/६ जनाको दरले मन्त्रिपरिषद्मा सहभागी हुनुपर्ने जसपाको माग छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित


प्रधानमन्त्रीबाटै दुई–दुई पटक प्रहार भोगेको जननिर्वाचित प्रतिनिधिसभाले अब भने पाँच वर्ष पूरा गर्ने निश्चित, देउवा सरकारसँगै संसद्को जीवन बचाउने पक्षमा १६५ सांसदको मत, विपक्षमा ८३ मात्र
इतिहासले दाग मेट्न दिएको अवसर देउवाले सदुपयोग गरेनन् भने आम जनताका लागि आयाराम गयाराम भन्दा पृथक् हुन सक्दैनन् । -भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त
कुलचन्द्र न्यौपाने
kp-sharma-oli-sher-bahadur-deuba-and-prachandकाठमाडौँ — अन्तिम संवैधानिक विकल्पबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार विश्वासको मत पाएसँगै राजनीतिक अनिश्चय हटेको छ । देउवा नेतृत्वको सरकारले अब डेढ वर्षको कार्यकाल पूरा गर्न सक्ने अवसर पाएको छ भने सर्वोच्च अदालतले दुई पटक पुनःस्थापना गर्दा पनि जोखिममा पुगेको प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित भएको छ ।
आइतबार संसद् बैठकपछि निस्कँदै गरका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्दै उनकै सुरक्षाकर्मी (बायाँ) । विश्वासको मत प्राप्त गरका प्रधानमन्त्री शेरबहादुर देउवाका लागि बाटो खाली गर्नओलीसहितका सांसदलाई रोकिएको हो। तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
दुई वर्ष अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । डेढ वर्षमै प्रतिनिधिसभाको कार्यकाल पूरा हुनेछ । सत्ता घटक दल बाहिरिए भने प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । तर देउवा संविधानको अन्तिम विकल्पबाट प्रधानमन्त्री भएकाले वैकल्पिक सरकार बन्ने सम्भावना अब छैन । पढ्नेक्रम जारी राख्नुहोस्

ओली कूटनीति : न उत्तरमा सहज बन्यो न दक्षिणसँगै


विज्ञ भन्छन्– ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण साख गुम्यो
देवेन्द्र भट्टराई
thumbकाठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध जटिल बनेको विश्लेषण कूटनीतिक मामिलाका विज्ञहरूले गरेका छन् । ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण दुवै छिमेकीका नजरमा नेपालले साख गुमाएको उनीहरूको ठम्याइ छ । कूटनीतिज्ञ भेखबहादुर थापाले नेपालको आन्तरिक राजनीति र अन्य द्वन्द्वले बाहिरी शक्तिकेन्द्रहरू पनि अलमलमा परेको बताए । ‘हामी असंलग्न नीतिका पक्षधर हौं, कसैको दबाबमा नपरी आफ्नोपन देखाएरै अघि बढ्नुपर्नेमा परिस्थिति वा प्रभावका कारण हामी पक्षधर बनेर परिचालित भएका देखिन्छौं,’ उनी भन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिको कार्यातालिका संशोधन तथा उम्मेदवारी शुल्कको ’boutमा जानकारी


217220776_4104688002917775_2648951367335202015_n पढ्नेक्रम जारी राख्नुहोस्