Daily Archives: 29/07/2021

गठबन्धनलाई एमसीसी सकस


एमसीसी सम्झौतालाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा र संशोधन गर्नुपर्ने बताउँदै आएका माओवादी अध्यक्ष दाहाललाई सत्ता गठबन्धनभित्रै सहमति जुटाउन समस्या पर्ने भएको छ
बबिता शर्मा
mcc-31122019043244-1000x0काठमाडौँ — ‘सत्ता गठबन्धन भत्काउने षड्यन्त्र छ, एकदमै खोजी भइरहेको छ, टर्च बालेर कहाँनेर छ त प्वाल भनेर । ‘कन्ट्रोभर्सी’ रहेका विषयलाई कहिले यताबाट, कहिले उताबाट लगाइदिएर हुन्छ कि, एमसीसी, आईपीएस भन्ने छ, यसलाई अगाडि सारिदियो भने यिनीहरूभित्र झगडा पर्ला कि भनेका छन्, अनेक खालका कसरत सुरु भएका छन्, हामीले यो बुझिराख्न जरुरी छ ।’ सत्ता गठबन्धनको न्यूनतम नीति कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले काम गरिरहेका बेला शनिबार (साउन ९ मा) एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अचानक यो अभिव्यक्ति दिए । उनको अभिव्यक्तिमा गठबन्धनभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई लिएर केही न केही असमझदारी अझै छ भन्ने संकेत थियो । कार्यदललाई एमसीसी’bout पनि साझा धारणा बनाउने कार्यदेश छ । पढ्नेक्रम जारी राख्नुहोस्