Daily Archives: 27/07/2021

विदेशमा बेखर्ची भइ फर्किएका नेपालीको क्‍वारेन्टाइन खर्च सरकारले गर्ने


काठमाडौँ: विभिन्न देशबाट बेखर्ची भइ स्वदेश फर्किएका, जेलमुक्त भइ आएका तथा डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका नेपालीहरुको क्वारेन्टाइन खर्च सरकारले गर्ने भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भइ फर्किएका नेपाली कामदारहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले व्यहोर्नेछ । श्रम मन्त्रालयले यसको प्रबन्ध गर्नेछ । यस्तै राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता


१२ देखि १८ वर्ष उमेर समूहका लागि आवश्यक १ करोड डोजमध्ये थप ४० लाख कोभ्याक्सको समन्वयमा ल्याउने तयारी, खोप आउन ६ देखि ९ महिना लाग्ने
सातै प्रदेशमा माइनस ८० डिग्रीसम्मको खोप भण्डार गर्न मिल्ने संरचना निर्माण अन्तिम चरणमा छ । – लक्ष्मण अर्याल, स्वास्थ्य सचिव
मकर श्रेष्ठ, स्वरूप आचार्य
काठमाडौँ — सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ । किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’ खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ । यसको अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्