बेल्जियम प्रहरी तीन पटकसम्म घटनास्थल पुग्यो
बसन्त रानाभाट
बार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्। एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको हो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरुलव सिधैं मतपेटिका तोडफोड गरेको नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/07/2021
एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड
Posted in समाचार
एन्फामा बिर्सनलायक एक दिन
एन्फा मतभेद र विवादमा नयाँ पात्र थपिएका छन् र ती अरु कोही होइनन्, प्रशिक्षक अल्मुताइरी
हिमेश
काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालय आइतबार दिनभरि जस्तै तनावपूर्ण रह्यो । नहोस् पनि किन ? आखिरमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अल्मुताइरीले सामाजिक सञ्जालबाट आफ्ना प्रशंसकलाई सम्बोधन गरेर राजीनामा दिएपछि गहिरो तरंग त आउनु नै थियो । एन्फामा प्रत्येक घण्टा नयाँ–नयाँ मोड थपिए, नयाँ–नयाँ दृष्टिकोण पनि तयार भए । तर पूरा दिन वास्तवमै बिर्सनलायक थियो । सबैभन्दा पहिले दिउँसो १२ बज्न अगाडि आफ्नो फेसबुक र ट्वीटरको माध्यमबाट अल्मुताइरीले घोषणा गरे, ‘समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार