मन्त्रालय भागबण्डामा समान हैसियतको दाबी
० सरकारमा सहभागिता जनाउने सबै दलले बराबर मन्त्रालय बाँड्नु पर्ने भनाइ
० आफ्नो दलले सात मन्त्री र एक राज्यमन्त्री पाउनु पर्ने यो पक्षको दाबी
काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)को बाबुराम–उपेन्द्र पक्षले सरकारमा जाने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गर्दै सत्तारुढ गठबन्धनका सबै घटकबीच समान हैसियतमा मन्त्रालय बाँडफाँड हुनुपर्ने दाबी पनि गरेको छ। सरकारमा सहभागिता जनाउने सबै दलले बराबर मन्त्रालय बाँड्नु पर्ने यस पक्षको भनाइ छ।
२५ सदस्यीय मन्त्रिपरिषद्मा आफ्नो दलले सात मन्त्री र एक राज्यमन्त्री पाउनु पर्ने जसपाको यो पक्षको दाबी छ। विद्यमान अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको यो पक्ष सरकारमा सहभागी हुने निश्चित छ। जसपाले सबैले ८/८ जनाको दरले भाग लगाउनु पर्ने जनाएको छ। नेकपा एमालेको माधवकुमार नेपाल समूह सहभागी भएमा ६/६ जनाको दरले मन्त्रिपरिषद्मा सहभागी हुनुपर्ने जसपाको माग छ । पढ्नेक्रम जारी राख्नुहोस्