Daily Archives: 15/07/2021

ओली कूटनीति : न उत्तरमा सहज बन्यो न दक्षिणसँगै


विज्ञ भन्छन्– ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण साख गुम्यो
देवेन्द्र भट्टराई
thumbकाठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध जटिल बनेको विश्लेषण कूटनीतिक मामिलाका विज्ञहरूले गरेका छन् । ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण दुवै छिमेकीका नजरमा नेपालले साख गुमाएको उनीहरूको ठम्याइ छ । कूटनीतिज्ञ भेखबहादुर थापाले नेपालको आन्तरिक राजनीति र अन्य द्वन्द्वले बाहिरी शक्तिकेन्द्रहरू पनि अलमलमा परेको बताए । ‘हामी असंलग्न नीतिका पक्षधर हौं, कसैको दबाबमा नपरी आफ्नोपन देखाएरै अघि बढ्नुपर्नेमा परिस्थिति वा प्रभावका कारण हामी पक्षधर बनेर परिचालित भएका देखिन्छौं,’ उनी भन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्