Daily Archives: 14/07/2021
गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिको कार्यातालिका संशोधन तथा उम्मेदवारी शुल्कको ’boutमा जानकारी
Posted in समाचार
ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला
शंकर गिरी
३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका छन् । ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् । ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
राष्ट्रपतिको अस्वाभाविक शैली
संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्री नियुक्त, शपथपछि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति हिँडिन्
मकर श्रेष्ठ
काठमाडौँ — राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख गरेन । शपथपछि पनि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट बाहिरिइन् ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको २८ घण्टाको म्याद सकिनु एक घण्टाअघि मात्र राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भएको थियो । जसमा भनिएको थियो, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालत, संवैधानिक इजलासको २०७८।३।२८ को फैसलाबमोजिम प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार