पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव


दाहाल पुगे बूढानीलकण्ठ
कुलचन्द्र न्यौपाने
kp-sharma-oli-sher-bahadur-deuba-and-prachandकाठमाडौँ — सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्र मंगलबार मन्त्री बनाउने मनशाय देउवाले व्यक्त गरेका छन् । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यस’bout छलफल गरेका छन् । ‘परिस्थितिमा कुनै फेरबदल भएन भने आज तीनजना मन्त्रीले मात्रै शपथ लिन्छन्, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की हुने सम्भावना छ,’ देउवानिकट नेताले बताए । ३० दिनभित्र संसद्‍मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवाले गरेको पनि ती नेताले बताए ।

मन्त्रिपरिषद्कै गठन’bout छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुगेका हुन् । मन्त्रिपरिषद्को संख्या र सदस्य’bout उनीहरूले टुंगो लगाउने एक माओवादी नेताले बताए ।

राष्ट्रपति कार्यालयले हिजै देउवालाई मंगलबार शपथ हुने जानकारी गराइसकेको छ । मंगलबार दिउँसो २ बजे कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । अदालतले मंगलबार ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.