Daily Archives: 13/07/2021

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति


madhab nepal२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव


दाहाल पुगे बूढानीलकण्ठ
कुलचन्द्र न्यौपाने
kp-sharma-oli-sher-bahadur-deuba-and-prachandकाठमाडौँ — सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्र मंगलबार मन्त्री बनाउने मनशाय देउवाले व्यक्त गरेका छन् । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यस’bout छलफल गरेका छन् । ‘परिस्थितिमा कुनै फेरबदल भएन भने आज तीनजना मन्त्रीले मात्रै शपथ लिन्छन्, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की हुने सम्भावना छ,’ देउवानिकट नेताले बताए । ३० दिनभित्र संसद्‍मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवाले गरेको पनि ती नेताले बताए । पढ्नेक्रम जारी राख्नुहोस्