Daily Archives: 12/07/2021

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश


कृष्ण ज्ञवाली, जयसिंह महरा
kp-sharma-oli-sher-bahadur-deuba-and-prachandकाठमाडौँ — सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ । ‘एकमतले निर्णय भएको छ । मागबमोजिम आदेश जारी गरकेा छौं,’ आदेश सुनाउँदै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने । अदालतले उक्त मुद्दामा सोमबार संक्षिप्त आदेश जारी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

१० बुँदे सहमतिप्रति नेपाल समूहमा असन्तुष्टि


राई भन्छन् : २८ फागुनको निर्णय मानिदिनुपर्ने भयो
thumb२८ असार, काठमाडौं । १०बुँदे सहमतिप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहमा असन्तुष्टि देखिएको छ । यो सहमतिले २८ फागुनमा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयलाई स्वीकार गरे सरह भएको उनीहरुको तर्क छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले आइतबार साँझ १० बुँदे सहमति गरेको थियो । रातारात सहमति गरेको र अदालतलाई प्रभावित पार्ने गरी अपव्याख्या भएको भन्दै नेता नेपाल स्वयंम असन्तुष्टि जनाएका छन् । उनले अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर र मान्यता कायमै रहेको बताएका छन् । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पनि सहमतिको प्रक्रिया र विषयबस्तु दुबैमा आपत्ति जनाएका छन् र १०बुँदेलाई जस्ताको तस्तै स्वीकार गर्न नहुने बताएका छन् । उनीहरुमध्ये एक राजेन्द्र राई भन्छन्, ‘जे कारणले विद्रोह गरियो, त्यसलाई सम्बोधन गरिएको छैन । यथास्थितिमा यो स्वीकार गर्न सकिँदैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : संवैधानिक इजलास बस्दै, आज आउला त फैसला ?


20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौं : यसअघि २१ असारमा हेर्दाहेर्दैमा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्न संवैधानिक इजलास बस्दैछ। यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस सकिसकेकाले सम्भवत: आजै फैसला आउने छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम दिन (२१ असारमा) रिट निवेदकका तर्फबाट प्रत्युत्तर बहससँगै एमिकस क्युरीका तर्फबाट राय आएपछि बहस सकिएको थियो। रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरो-२०२० को उपाधि


thumbकाठमाडौँ — इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले युरो–२०२० को उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टीमा २ वटा प्रहार बचाएका थिए । तर इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकाले दिएको १५ लाख मात्रा खोप काठमाडौं आइपुग्यो


अमेरिकाले उपहारस्वरूप उपलब्ध गराएको जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो 
काठमाडौँ — अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप काठमाडौं आइपुगेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको विमानमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो । दोहाबाट नियमित उडानका रुपमा आएको उक्त विमान ९:४७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिइएको बताए । राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।खोप हस्तान्तरण गर्दै राजदूत बेरीले भने, ‘यो अमेरिकी जनताका तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरूलाई कोभिड १९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्