Daily Archives: 08/07/2021

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरो-२०२० को फाइनलमा


५५ वर्षपछि पहिलो पटक इंग्ल्यान्ड ठूलो प्रतियोगिताको फाइनलमा
thumbलन्डन — डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड युरो–२०२० को फाइनलमा पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । डेनमार्कले खेलको ३०औं मिनेटमा मिकेल ड्याम्स्गार्डको गोलमा अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस महाधिवेशन : महामन्त्रीमा क–कसको दाबी ?


टिमको नेतृत्वमा को हुने भन्ने यकिन नहुँदा कतिपय नेतालाई पदाधिकारीमा निर्णय गर्न अप्ठ्यारो परेको छ
कुलचन्द्र न्यौपाने
mahamantri-0872021044218-1000x0काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उठ्न चाहनेहरू एक दर्जनभन्दा बढी देखिएका छन् । दुई महामन्त्री पदका लागि संस्थापन पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद र विश्वप्रकाश शर्माले आकांक्षा राखेका छन् । संस्थापनइतर पक्षबाट चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेललायतका युवा नेताको पहिलो रोजाइ महामन्त्रीमा रहेको छ । पदीय हिसाबले सभापतिपछिको वरीयतामा उपसभापति भए पनि कांग्रेसमा महामन्त्री आकर्षक पद बन्ने गरेको छ । पछिल्लो पटक संशोधन गरिएको विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने नयाँ व्यवस्था यसै महाधिवेशनबाट कार्यान्वयनमा आउने भएको छ । कांग्रेसमा उपसभापति पद नै थिएन । सभापतिपछि महामन्त्रीको व्यवस्था थियो । पढ्नेक्रम जारी राख्नुहोस्