Daily Archives: 07/07/2021

एमाले कार्यदल बैठक जारी : संयुक्त वक्तव्यमार्फत एकताको सन्देश दिने प्रयास


ncp-uml_20210706134344काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको बैठक बुधबार पनि जारी रहेको छ। मंगलबार औपचारिक रूपमा पार्टीको विवादित विषयमा छलफल थालिएको बैठक बुधबार पनि सिंहदरबारमा बसिरहेको छ। कार्यदल बैठक बस्नुअघि भीम रावल माधवकुमार नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेपछि तोकिएको समयभन्दा केही ढिला छलफल सुरु भएको हो। बैठकमा एमालेका दुवैपक्षबीच सहमतिको मस्यौदा तयार भएमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य निकाल्न सक्ने सम्भावना रहेको कार्यदलका एक सदस्यले जानकारी दिए। अनौपचारिक रूपमा पार्टीका दोस्रो तहका नेताहरूबीच लामो समयदेखि चल्दै आएको संवादमा भएका सहमतिको प्रस्तावका विषयमा पनि छलफल भएको छ। तर बैठक मंगलबार कुनै निश्कर्षमा भने पुग्न सकेन जसले संयुक्त वक्तव्य आएन। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी केन्द्रविरुद्ध उजुरी दिन एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरू निर्वाचन आयोगमा


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) अवैधानिक भएको भन्दै एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । माओवादी केन्द्र आयोगमा दर्ता नभएको र त्यसले गरेका कारबाही वैधानिक नहुने भन्दै पूर्वमाओवादी नेताहरु बुधबार उजुरी दिन अयोग पुगेका हुन् । लीलाबहादुर थापाको नेतृत्वमा दिनेश पन्थी, गिरिधारिलाल न्यौपानेलगायत उजुरी लिएर निर्वाचन आयोग पुगेका हुन् ।

‘दर्ता भएको माओवादी केन्द्र हो भने निर्वाचन आयोगमा पाँच वर्ष नाघिसक्यो । त्यसको महाधिवेशन भएको छैन । त्यसकारण दर्ता नभएको पार्टीले हामीलाई कसरी कारबाही गर्छ ? त्यो वैध हुन्छ कि हुँदैन ?,’ पूर्वमाओवादी नेता लेखराज भट्टले भने, ‘त्यो दर्ता हो भने पनि महाधिवेशन गरेको छैन । यो दुईवटै विषयमा केन्द्रित भएर हेर्नुपर्छ भनेर हामीबीच आयोगमा उजुरी दिने सहमति भएको हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्