Daily Archives: 05/07/2021

Al Muzaini Exchange को ११४औं साखा सालमियामा उदघाटन


209397710_798223984417729_6055745622133603684_nAl Muzaini Exchange को ११४औं साखा कुवैत को अतीनै ब्यस्त सहर सालमिया एरियाको बलक-११ मुगेरा स्ट्रीट, एपोलो हसपिटलको २०० मिटर पस्चिम पट्टि, सालमिया सरकारी हसपिटल को १०० मिटर अगाडि Indian Model School को ठिक अगाडि बिल्डिङ नम्मर १३ मा खुलेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा खोप मुख्य सर्त


दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतमा कामदार आपूर्ति बन्द
कुवेतले साउन १७ देखि कामदार लिने तर खोप लगाएका मात्रै, साउदी अरबमा खोप वा १० दिन क्वारेन्टाइन
कतार र बहराइनमा १० र ओमनमा ७ दिन क्वारेन्टाइन
होम कार्की
काठमाडौँ — प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् ।
कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लगिरहेका छन् । कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो । कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । ‘खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी,’ उनले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड भयो ।’ कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्