Daily Archives: 04/07/2021

कांग्रेस अधिवेशन : अघि बढे देउवा


निर्वाचनपछि सरकारको नेतृत्वलाई प्राथमिकता बनाएका देउवाले त्यसका लागि पार्टीको नेतृत्वमै रहँदा सहज हुने देखेका छन्
कुलचन्द्र न्यौपाने
Sherbhadur-Deuba-6काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान आफूनिकट नेताहरूसँग ‘हारजितसँग अब मलाई मतलब छैन तर महाधिवेशन गराएरै छाड्छु’ भनेर आफूमाथि महाधिवेशन नगराउन खोजेको आरोपको प्रतिवाद गरेका छन् भने अर्कातिर पार्टीभित्र जस्तोसुकै परिस्थिति खडा भए पनि आफू सभापतिको उम्मेदवार हो भन्ने सन्देश दिएका छन् । कांग्रेसले भदौ १६–१९ भित्र महाधिवेशन गराउनैपर्ने संवैधानिक बाध्यता छ । तर कोरोना महामारी र बाढीपहिरोका कारण देखाएर विकल्प खोज्नेतिर नेतृत्वपंक्ति जाने हो कि भन्ने आशंका चलिरहेको छ । देउवाले भने आफ्नो टिमलाई महाधिवेशन हुनेमा सुनिश्चित रहन भन्दै तयारी अघि बढाएका छन् । उनले केही दिनअघि सातै प्रदेशका संस्थापनपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग आफूले एक पटकका लागि पुनः उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यसलगत्तै सातै प्रदेशमा तयारी अघि बढाउन उनले आफ्ना विश्वासपात्रलाई थप जिम्मेवारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्