Monthly Archives: जुलाई 2021

गठबन्धनलाई एमसीसी सकस


एमसीसी सम्झौतालाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा र संशोधन गर्नुपर्ने बताउँदै आएका माओवादी अध्यक्ष दाहाललाई सत्ता गठबन्धनभित्रै सहमति जुटाउन समस्या पर्ने भएको छ
बबिता शर्मा
mcc-31122019043244-1000x0काठमाडौँ — ‘सत्ता गठबन्धन भत्काउने षड्यन्त्र छ, एकदमै खोजी भइरहेको छ, टर्च बालेर कहाँनेर छ त प्वाल भनेर । ‘कन्ट्रोभर्सी’ रहेका विषयलाई कहिले यताबाट, कहिले उताबाट लगाइदिएर हुन्छ कि, एमसीसी, आईपीएस भन्ने छ, यसलाई अगाडि सारिदियो भने यिनीहरूभित्र झगडा पर्ला कि भनेका छन्, अनेक खालका कसरत सुरु भएका छन्, हामीले यो बुझिराख्न जरुरी छ ।’ सत्ता गठबन्धनको न्यूनतम नीति कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले काम गरिरहेका बेला शनिबार (साउन ९ मा) एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अचानक यो अभिव्यक्ति दिए । उनको अभिव्यक्तिमा गठबन्धनभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई लिएर केही न केही असमझदारी अझै छ भन्ने संकेत थियो । कार्यदललाई एमसीसी’bout पनि साझा धारणा बनाउने कार्यदेश छ । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघको कोभिड राहत कोषका लागि कुवेतका पत्रकारहरुको आर्थिक सहयोग


221212588_557136945474517_7373712548056934242_nकुवेत / कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोष”का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा बेखर्ची भइ फर्किएका नेपालीको क्‍वारेन्टाइन खर्च सरकारले गर्ने


काठमाडौँ: विभिन्न देशबाट बेखर्ची भइ स्वदेश फर्किएका, जेलमुक्त भइ आएका तथा डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका नेपालीहरुको क्वारेन्टाइन खर्च सरकारले गर्ने भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भइ फर्किएका नेपाली कामदारहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले व्यहोर्नेछ । श्रम मन्त्रालयले यसको प्रबन्ध गर्नेछ । यस्तै राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता


१२ देखि १८ वर्ष उमेर समूहका लागि आवश्यक १ करोड डोजमध्ये थप ४० लाख कोभ्याक्सको समन्वयमा ल्याउने तयारी, खोप आउन ६ देखि ९ महिना लाग्ने
सातै प्रदेशमा माइनस ८० डिग्रीसम्मको खोप भण्डार गर्न मिल्ने संरचना निर्माण अन्तिम चरणमा छ । – लक्ष्मण अर्याल, स्वास्थ्य सचिव
मकर श्रेष्ठ, स्वरूप आचार्य
काठमाडौँ — सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ । किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’ खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ । यसको अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड


बेल्जियम प्रहरी तीन पटकसम्म घटनास्थल पुग्यो
बसन्त रानाभाट
NRNA-Belgiumबार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्। एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको हो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरुलव सिधैं मतपेटिका तोडफोड गरेको नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

एन्फामा बिर्सनलायक एक दिन


एन्फा मतभेद र विवादमा नयाँ पात्र थपिएका छन् र ती अरु कोही होइनन्, प्रशिक्षक अल्मुताइरी
हिमेश
news_1616171388_20210404084759काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालय आइतबार दिनभरि जस्तै तनावपूर्ण रह्यो । नहोस् पनि किन ? आखिरमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अल्मुताइरीले सामाजिक सञ्जालबाट आफ्ना प्रशंसकलाई सम्बोधन गरेर राजीनामा दिएपछि गहिरो तरंग त आउनु नै थियो । एन्फामा प्रत्येक घण्टा नयाँ–नयाँ मोड थपिए, नयाँ–नयाँ दृष्टिकोण पनि तयार भए । तर पूरा दिन वास्तवमै बिर्सनलायक थियो । सबैभन्दा पहिले दिउँसो १२ बज्न अगाडि आफ्नो फेसबुक र ट्वीटरको माध्यमबाट अल्मुताइरीले घोषणा गरे, ‘समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु ।’ पढ्नेक्रम जारी राख्नुहोस्