दसौं महाधिवेशन आयोजक कमिटी आज भंग गरिँदै
काठमाडौं : एमाले पुरानै संरचना अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले एमाले र माओवादी केन्द्र एकतापूर्वको केन्द्रीय कमिटी बैठक असार १८ गते बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। प्रवक्ता ज्ञवालीका अनुसार दसौं महाधिवेशन आयोजक कमिटीको बुधबार बस्ने बस्ने बैठकले यो निर्णय अनुमोदन गर्नेछ। ‘पहिले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बस्छौं। त्यसले पार्टीको अहिलेका संरचनालाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ’, प्रवक्ता ज्ञवालीले भने, ‘रूपान्तरित केन्द्रीय कमिटीको बैठक १८ गते गर्ने निर्णय हुनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/06/2021
एमाले पुरानै संरचनामा
Posted in समाचार
महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड
११६ मध्ये केही खरिद गरिसकेको, केही खरिद गरिँदै
कृष्ण आचार्य
काठमाडौँ — सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिनारोकटोक स्वीकृति दिइरहेको छ । अर्थमन्त्री भएलगत्तै विष्णु पौडेलले ‘सार्वजनिक खर्चमा मितव्ययिता मापदण्ड’ जारी गरी सार्वजनिक निकायबाट हुने फजुल खर्च कटौती गरेर प्रशंसा बटुलेका थिए । मापदण्डमा उल्लिखित शीर्षकका लागि बजेट आवश्यकै परे पनि सार्वजनिक निकायले निकासा माग गर्न अर्थ मन्त्रालयसमक्ष निकै मिहिनेत गर्नुपर्छ । नयाँ गाडी खरिद गर्ने प्रस्ताव त अर्थले हतपत स्वीकृत नै गर्दैन । सर्वोच्चका हकमा भने मन्त्रालयले सहजै स्वीकृति दिने गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार