प्रतिनिधिसभा विघटन मुद्दा : राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीको बहस सुरु


20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको निवेदनमाथि संवैधानिक इजलासमा विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सुरु भएको छ । संवैधानिक इजलासमा सोमबारबाट विपक्षीले बहस गर्न थालेका हुन् । सुरुमा बहसमा महान्यायाधिवक्ता रमेश बडाल आएका छन् । उनले ३ घण्टा बहस गर्ने भएका छन् । असार ९ गते सुरु भएको प्रतिनिधिसभा विघटनविरुद्धको निरन्तरको सुनुवाइमा आइतबार निवेदकका कानुन व्यवसायीको बहस सकिएको थियो ।

विपक्षीका कानुन व्यवसायीले १५ घण्टा बहस गर्नेछन् जसमा सभामुखका कानुन व्यवसायीका लागि १ घण्टा छुट्ट्याइएको छ । त्यसपछि चार जना एमीकस क्युरीका लागि २ घण्टा बहसको समय छुट्ट्याइएको छ । त्यसपछि निवेदकका कानुन व्यवसायीले ३ घण्टा प्रत्युत्तर बहस गर्नेछन् ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.