भरत खड्का
‘अभिभावक बित्नुभयो, झुप्रो छाड्न भनियो, अब हामी कहाँ जाऔं ?’
उदयपुर : ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो। पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/06/2021
रोइरहन्छ दिलमायाको दिल
Posted in समाचार
विद्यालय बगाएपछि पढाइको चिन्ता
मर्स्याङ्दीमा आएको बाढीले भर्ना न पढाइको अवस्था
आश गुरुङ
लमजुङ — मनाङको नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माविमा पढ्ने सन्देश तामाङ असार १ गते बिहान उठ्दा मर्स्याङ्दीमा बाढी उर्लंदै थियो । बाढी बढ्दै गएपछि उनको मनमा चिसो पस्यो, अब बाढीले स्कुल डुबाउँछ । धादिङ घर भई तालडाँडा बस्दै आएका उनी कक्षा १० का विद्यार्थी हुन् । उनका अनुसार हेर्दाहेर्दै बाढी तालगाउँ प्रवेश गर्यो । तटबन्ध नाघेर बाढी स्कुलतर्फ आयो । ‘अब स्कुल डुबाउने भयो भनी मनमनै भनें । नभन्दै केही बेरमा स्कुल सबै डुबायो,’ उनले भने । उनका अनुसार अब स्कुलमा पढ्न सकिँदैन । सबै डुबाएको छ । शौचालय लगेको छ । पर्खाल भत्काएको छ । ‘बास त टेन्टमा बसौंला । खाना त राहतको खाउँला तर स्कुलमा कसरी पढ्ने ?’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार