प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु


20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सुरुमा निवेदनका पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस गरिरहेका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसको तयारीमा रहेका दुवै पक्षका अधिवक्ताहरूलाई समयसीमा’bout स्मरण गराए ।उनले उक्त मुद्दामा सुनुवाइका लागि १५ घण्टाभन्दा १ मिनेट पनि बढी दिन नसक्ने जनाए । ‘निवेदकका लागि हामीले अहिले १२ घण्टा राखिदिन्छौं,’ उनले भने, ‘कसले कति घण्टा बहस गर्ने हो, आफू छुट्याउनुहोला ।’

अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सहमति हुन नसके दुवै पक्षलाई आधाआधा समय छुट्ट्याउने बताए । ‘सहमति नभए सरकारी पक्षका लागि साढे ७ घण्टा र अन्य विपक्षीका कानुन व्यवसायीका लागि साढे ७ घण्टा छुट्ट्याउँछौं,’ उनले भने ।

बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ । विघटन गलत हो भनी मुद्दा हालेका देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन् । दैनिक चार घण्टा सुनुवाइ हुँदा तीन दिनमा उनीहरूको बहस सकिनेछ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.