Daily Archives: 23/06/2021

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु


20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सुरुमा निवेदनका पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस गरिरहेका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसको तयारीमा रहेका दुवै पक्षका अधिवक्ताहरूलाई समयसीमा’bout स्मरण गराए ।उनले उक्त मुद्दामा सुनुवाइका लागि १५ घण्टाभन्दा १ मिनेट पनि बढी दिन नसक्ने जनाए । ‘निवेदकका लागि हामीले अहिले १२ घण्टा राखिदिन्छौं,’ उनले भने, ‘कसले कति घण्टा बहस गर्ने हो, आफू छुट्याउनुहोला ।’ पढ्नेक्रम जारी राख्नुहोस्