Daily Archives: 22/06/2021

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली


Shoping_Pasal2_20200326052154काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै मंगलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ। उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो। व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो। आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ। यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्