Daily Archives: 21/06/2021

बाढीपीडितको नाममा ४० करोड गायब, ८ वर्षदेखि महाकालीका पीडितले क्षतिपूर्ति पाएनन्


शिवराज भट्ट/ सुन्दरसिंह धामी
darchula-photo-(3)_20210621063605धनगढी : आठ वर्षअघि महाकालीले बगाएको दार्चुला सदरमुकाम खलंगाका बाढीपीडितका नाममा उठेको ४० करोड बढी रकमको अत्तोपत्तो छैन । बाढी पहिरोजस्ता प्राकृतिक विपतका बेला सार्वजनिक आह्वान गरेर रकम उठाउनेहरु देशैभरी छन् । तर त्यो रकम कति उठ्यो र पीडितकोमा पुग्यो वा पुगेन त्यसको न कुनै अनुगमन हुन्छ, न कुनै लेखाजोखा हुन्छ। अहिले बगेको मेलम्चीका लागि पनि सहयोग जुटाउनेको ताँती छ । दार्चुलाका लागि पनि त्यतिबेला एनआरएन, विदेशमा रहेका नेपाली, विदेशी दातृ निकायले महाकालीका बाढी पीडितका लागि ४० करोडभन्दा बढी रकम पठाएको महाकाली बाढी पीडित संघर्ष समितिका सचिव रघुविर ठगुन्नाले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सुनुवाइबिनै फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै


संवैधानिक पदाधिकारी र राजदूतमा ३२ जना सिफारिस गरिएको ४५ दिन पुग्दै, सर्वोच्च अदालतले अझै निर्णय दिएन
सिफारिसको विषय प्रधानन्यायाधीश राणासँग पनि जोडिएको छ । नियुक्तिमा स्वार्थ बाझिएकाले मुद्दाको निर्णय हुन नसकेको हो ।– ओमप्रकाश अर्याल, अधिवक्ता
ऋषिराम पौड्याल
काठमाडौँ — संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले उनीहरूले स्वतः नियुक्ति पाउने परिस्थिति बनेको हो । विज्ञहरूले भने यसले संवैधानिक प्रावधान छल्ने र स्वेच्छाचारी नियुक्ति बढ्ने स्थिति बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । संवैधानिक परिषद्ले संवैधानिक निकायमा पदाधिकारी र मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेका नाम सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी गराएको आइतबार ४२ दिन भएको छ । संविधानमा सिफारिस गरिएका व्यक्तिको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने प्रावधान छ । यसअघि गत मंसिरमा सिफारिस गरिएका संवैधानिक निकायका ३२ पदाधिकारीलाई प्रतिनिधिसभा नरहेकाले संसदीय सुनुवाइबिना ४५ दिनपछि नियुक्त गरिएको थियो । त्यति बेलाको नियुक्ति संविधानविपरीत रहेको भन्दै बदरको मागदाबीसहित सर्वोच्च अदालतमा परेको रिटलाई प्रारम्भिक सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्