Daily Archives: 17/06/2021

एसियन कप : नेपाल तेस्रो चरणमा प्रवेश


nepal-_20210530004208काठमाडौं : नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) कोे नियमअनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो। एएफसीको नयाँ नियमसँगै नेपालले अब प्लेअफ खेल्नु नपर्ने भएको छ।
यसअघि चौथो स्थानमा रहेको टोलीले प्लेअफ खेल्नुपर्ने प्रावधान रहे पनि एएफसीको नयाँ नियमअनुसार नेपालले सीधै तेस्रो चरणमा स्थान बनाएको हो। तेस्रो चरणको छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

सिन्धुपाल्चोक सधैं पहिरोको धरापमा


वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरू हुन्छ तर जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल हुन सकेको छैन ।
ऋषिराम पौड्याल
thumbकाठमाडौँ — सिन्धुपाल्चोक बाढीपहिरो र भूकम्पका घटनाबाट आक्रान्त बनेको छ । पछिल्लो दशकका हरेक वर्षात् दुःख, पीडा र त्रासमा गुज्रने गरेको छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरु हुन्छ । पहाडी भूभागमा पहिरो गएर सुनकोसी, इन्द्रावती, मेलम्ची, भोटेकोसी र ठाडा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्छ । जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल भने हुन सकेको छैन । सिन्धुपाल्चोकमा भूकम्पका कारण सर्वाधिक धनजन क्षति भएको थियो । विज्ञहरूले त्यतिबेलै जोखिमयुक्त स्थान पहिचान गर्नुपर्ने सुझाव दिए पनि सरकारी निकायबाट खासै चासो दिइएन । भूकम्पका बेला जिल्लाको हिमाली भेगका डाँडामा जताततै पहिरो गएको थियो । जताततै जमिनमा धाँजा फाटेकाले वर्षात्मा तिनै स्थानमा पानी पसेर पहिरो गएको अनुमान स्थानीयले गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्