Daily Archives: 16/06/2021

कोरोना नियन्त्रणका लागि जनप्रगतिशिल मञ्च कुवेतबाट १ लाख २३ हजार सहयोग।


कुबेत नेपालडटकम

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु


खोज तथा उद्धार जारी
२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वी नवलपरासीमा ४० घर डुबे


नारायण शर्मा
पूर्वी नवलपरासी — बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्