Daily Archives: 15/06/2021

वृद्ध भत्ताको ५० लाख चोरी, मन्त्रालयबाट छानबिन सुरु


मन्त्रालयको टोलीले थाल्यो स्थलगत छानबिन, जनप्रतिनिधि र कर्मचारीका गतिविधि निगरानीसँगै सीआईबी पनि छुट्टै अनुसन्धान गर्दै
ऋषिराम पौड्याल
काठमाडौँ — वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चोरी भएको थियो । घटना’bout लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि मन्त्रालयले टोली नै पठाएर छानबिन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम थिएन । पढ्नेक्रम जारी राख्नुहोस्