Daily Archives: 14/06/2021

एसईई : विद्यालयले असार २० भित्र विद्यार्थीको प्राप्तांक पठाइसक्नुपर्ने


सुदीप कैनी
काठमाडौँ — गत वर्षको एसईईका लागि आन्तरिक मूल्यांकनलाई आधार बनाएको राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई सर्कुलर गरेको छ । बोर्डले सोमबार सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो । कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ बमोजिम प्राप्तांक पठाउन निर्देशन दिइएको छ । बोर्डले कार्यविधि २०७७ र संशोधन गरी २०७८ जारी गर्ने तयारी गरेको छ । कार्यविधिको अनुसूचीमा समाविष्ट फारामहरूमा विधिको नम्बर भरेर पठाउनुपर्ने बोर्डले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्