Daily Archives: 10/06/2021

भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यतामा कांग्रेस


कोभिड र राजनीतिक संक्रमणका बीच समयमै महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन कांग्रेसलाई सकस
कुलचन्द्र न्यौपाने
congress-flagकाठमाडौँ — अनिश्चयमा फस्दै गएको राष्ट्रिय राजनीति र कोरोना महामारीका कारण मुलुककै पुरानो पार्टी कांग्रेसलाई समयभित्रै महाधिवेशन गराई वैधानिकता जोगाउन सकस परेको छ । आगामी भदौ ७–१० मा केन्द्रीय महाधिवेशनको तिथि तय भएको छ । असार ५ देखि साउन ११ सम्म तलका ६ तहका अधिवेशन सक्ने तालिका छ । सुरु मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको टुंगो लगाउन अझै एक महिना लाग्ने देखिएकाले स्थानीय तहको कार्यतालिका प्रभावित भइसकेको छ । भदौभित्र केन्द्रीय महाधिवेशन गर्न नसके पार्टीकै वैधानिकता जोखिममा पर्ने देखिन्छ । पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको समयसीमामा महाधिवेशन नगर्दा संविधानले दिएको थप ६ महिनाको समय पनि आगामी भदौमा गुज्रिँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्