Daily Archives: 09/06/2021

अन्तर्राष्ट्रिय झापाली समाजद्धारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर तथा स्वस्थ्य सामग्री सहयोग


197419172_758677041447398_5877162310771104995_n

विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ ।एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि समाजले एक सय वटा सिलिण्डर बराबरको १५ लाख रुपैयाँ प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पत्रकार महासंघ यूकेको कोषाध्यक्ष पदमा एभरेस्ट टाइम्स अनलाइनका प्रमुख सविन्द्र कुमार गुरुङले उम्मेदवारी


187880622_465758187847946_4830318945743185320_n आगामी जुन १३ तारिखमा हुने महासंघको चुनावका लागि प्रमुख गुरुङले उम्मेदवारी दिएका हुन् । माछापुच्छ्रे ८, पोखरा कास्कीका सविन्द्र कुमारले २०११ मा Everest times UK साप्ताहिकका पाठकहरुको ध्यानमा राख्दै र अनलाइन पत्रकारिताको विकासका लागि पहिलो पटक everesttiems.net सञ्चालन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

मोरङसुनसरी सेवा समाज कुवेतद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन।


198187112_150354810476210_1145000231221678649_nराम्रो दृष्टि/ ९ जुन, कुवेत। विश्वभरी तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुले राम्रो दृष्टिलाइ बताएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ आज : कसरी टुंगिएला इजलास गठन विवाद ?


काठमाडौं : 20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127 अदालतमा संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ इजलास विवादमा अल्झिएको छ। बुधबारदेखि सुनुवाइ सुरु गर्ने तयारी भए पनि त्यो भन्दा पहिले इजलास विवाद टुंग्याउनुपर्ने अवस्था छ। विघटनविरुद्धको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ। गत आइततबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि यसलाई हेर्दाहेर्दैमा राखिएको थियो। सरकारी पक्षले संवैधानिक इजलासम रहेका दीपककुमार कार्की र आनन्दमोहन भट्टराईका ’boutमा विवाद निकालेका थिए। उनीहरूले इजलासमा बस्ने कि नबस्ने भन्ने आदेश बुधबार सुनाउने संभावना छ। उनीहरूले नबस्‍ने निर्णय गरे संवैधानिक इजलास फेरि पुनर्गठन गर्नुपर्ने अवस्था हुन्छ। त्यसले सुनुवाइ प्रक्रिया थप लम्बिने छ। तर उनीहरु बस्‍न चाहेमा यही इजलासमा सुनुवाइ निरन्तर हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

के व्यवस्था विघटनको खतरा छ ?


राजनीतिक दलका नेता, बुद्धिजीवी, नागरिक समाज, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले व्यवस्था विघटनको शंका गरिरहेका छन् तर विघटन हुने भनिएको व्यवस्थामा के–के पर्छन् भन्ने खुलाएका छैनन्
बिनु सुवेदी
thumbकाठमाडौँ — गृहजिल्ला गोरखा पुगेर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सोमबार संसद् मात्रै होइन मुलुकको व्यवस्था नै विघटनतर्फ लैजाने प्रयत्न भइरहेको बताए । छिमेकी भारततर्फ संकेत गर्दै उनले व्यवस्था विघटन गर्न अदृश्य शक्तिसँग अस्वाभाविक साँठगाँठ भइरहेको र त्यसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको आक्षेप लगाए । एमाले उपमहासचिव घनश्याम भुसालले जेठ १५ गते फेसबुकमा स्टाटस लेख्दै मुलुक संवैधानिक शून्यतातिर अघि बढ्न उद्यत रहेको संकेत गरे । उनले ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने संकेत २०७७ वैशाखमै पाएको उल्लेख गरे । केहीअघि कान्तिपुरसित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र संघीयता मास्ने गरी षड्यन्त्र भइरहेको जनाउँदै प्रतिनिधिसभा बिघटन गर्ने र चुनाव पनि हुन नदिने शक्ति सल्बलाइरहेको बताएका थिए । उनले पहिलोपटक प्रतिनिधिसभा बिघटन गरिँदा भृकुटीमण्डपमा आयोजित विरोधसभामा पनि शान्तिप्रक्रिया र गणतन्त्र ‘डिरेल’ हुने खतरा बढेको बताएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्