Daily Archives: 07/06/2021

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै


nepal-_20210530004208२४ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओली जेठ ३ अघि फर्कन तयार


देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर खनाल–नेपाल समूहले फिर्ता लिनुपर्ने सर्त
नेपालको प्रतिक्रिया– ‘यो षड्यन्त्र हो, सर्वोच्चको हस्ताक्षर नैतिकताका आधारमा फिर्ता लिन मिल्दैन, ओलीले नै प्रतिनिधिसभा भंग गर्ने निर्णय फिर्ता लिऊन्’
बिनु सुवेदी
thumbकाठमाडौँ — दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेयता चौतर्फी चेपुवामा परेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन र एकताको सम्भावना सकिएको खनाल–नेपाल समूहको निचोड सार्वजनिक भएकै दिन ओलीले पार्टी एकताका लागि आह्वान गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्