काठमाडौं :प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद् विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न आफ्नो नेतृत्वमा वरिष्ठताका आधारमा संवैधानिक इजलास तोकेका छन्। यसअघि सोही मुद्दामा सुनुवाइका लागि गठन गरिएको इजलासमाथि विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा वरिष्ठताका आधारमा इजलास पुर्नगठन गरेका हुन्। पुर्नगठित संवैधानिक इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । अब आजदेखि संसद् विघटन मुद्दाको सुनुवाइ सोही इजलासमा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/06/2021
ठूला टिमविरुद्ध फेरिने आशा
माथिल्लो स्तरको प्रदर्शनलाई अन्तर्राष्ट्रिय फुटबलमा बिरलै दोहोर्याउने गरेको नेपालले यसपल्ट कुवेत सिटीमा सुधार्ने अपेक्षा गरिएको छ
राजु घिसिङ
काठमाडौँ — स्विडिस प्रशिक्षक योहान कालिनले दुई वर्षअघि सम्हालेको नेपाली टिमको पहिलो प्रतिद्वन्द्वी थियो, कुवेत । नेपाली टिम मैत्रीपूर्ण दुई खेलका लागि खाडी मुलुक पुगेको थियो । पहिलो खेल गोलरहित सकियो । दोस्रो खेल पेनाल्टी गोलमा कुवेतले १–० ले जित्यो । महादेशकै कमजोर टिममा पर्ने नेपालका लागि फेरि बलियो बन्ने अभियानमा रहेको कुवेती टिमविरुद्ध यी दुई नतिजा नसोचिएका उपलब्धि नै थिए । त्यो पनि प्रतिस्पर्धीको भूमिमा । ती दुई खेलको नतिजाबाट कालिन र खेलाडीले वाहवाही पाए । त्यसपछि विश्वकप २०२२/एसियन कप २०२३ को संयुक्त छनोटमा नेपाल र कुवेत एउटै समूहमा पर्यो । छनोटको पहिलो खेलमै यी दुईको भेट भयो । फेरि कुवेतमै । मैत्रीपूर्ण खेल राजधानी कुवेत सिटी नजिकैको अल–अहमादी रंगशालामा भएको थियो । छनोटको प्रतिस्पर्धा राजधानीकै कुवेत स्पोर्ट्स क्लब स्टेडियम । मैत्रीपूर्ण खेल खेलेको ६ महिनापछि छनोटमा भएको भेटमा भने कुवेतले ७–० को जित निकाल्यो । कुवेतले पहिलो हाफमा २ गोल गर्यो । दोस्रो हाफमा ५ गोल । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार