Daily Archives: 03/06/2021

माधव नेपाल समूहमा ‘फाटो’


ओलीसँग वार्ता गरेर मिल्नुपर्छ भन्ने दोस्रो पुस्ताका केही नेता र पार्टीलाई पुनर्गठन गरेरै अघि बढ्नुपर्छ भन्ने जनवर्गीय तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताको दोहोरो चेपुवामा नेपाल
नेपाल समूहका नेता भन्छन्- ‘हामीलाई विभाजन गर्न हल्ला चलाइयो’
बिनु सुवेदी
thumbकाठमाडौँ — पार्टी अध्यक्ष केपी शर्मा ओलीसितै मिलेर एमालेमा रहने या पार्टी पुनर्गठन गर्ने भन्नेमा एमालेको माधव नेपाल समूहमा फाटो आएको छ । ओलीसँग वार्ता गरेर मिल्नुपर्छ भन्ने दोस्रो पुस्ताका केही नेता र पार्टीलाई पुनर्गठन गरेरै अघि बढ्नुपर्छ भन्ने जनवर्गीय तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताको चेपुवामा नेता नेपाल छन् । गत जेठ १७ गते नेपालपक्षीय वार्ता टोलीका सदस्यहरूले ओली पक्षका वार्ता टोली सदस्यसँग पार्टी एकताका लागि छलफल गरेको र वार्ता समितिमा रहेका अधिकांश व्यक्ति ओली सरकारको मन्त्री बन्दै गरेको सूचना पाएपछि नेपाल समूहका जनवर्गीय संगठनका पदाधिकारी र नेपालबीच बुधबार भर्चुअल संवाद भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्