Daily Archives: 02/06/2021

संसद् विघटनविरुद्धको सुनुवाइ जेठ २३ माः वरिष्ठताका आधारमा इजलास गठन हुने


काठमाडौं : संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्धी विवाद भएपछि नयाँ इजलास गठन गरी २३ गतेका लागि सुनुवाइको पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको छ। प्रधानन्यायाधीश जबराले अब वरिष्ठताका आधारमा न्यायाधीश तोकर संवैधानिक इजलास गठन गर्ने बताएका छन्। शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ सुरु भएपनि इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेको थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

अस्ताए असल नेता


ujwal-thapa_20210602010618काठमाडौं : कोभिड संक्रमणबाट बिरामी भएका विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ। राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो। कोभिड–१९ बाट संक्रमित भएका थापाको उपचारका लागि पहिलो चरणमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ गते मेडिसिटीमा लगी भेन्टिलेटर र ‘इक्मो’ प्रविधिबाट उपचार भइरहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्