Daily Archives: 01/06/2021

एमालेमा फेरि ओली र नेपाल समूहको वार्ता प्रयास


thumb१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो । लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन् । सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ ।

‘व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने । पढ्नेक्रम जारी राख्नुहोस्

विघटन विरुद्धका रिटमा आजदेखि सुनुवाई : कसरी टुंगिएला न्यायाधीश छनोट विवाद


adalat_20140821081247काठमाडौं : संसद् विघटनविरुद्ध परेका रिटउपरको सुनुवाई सर्वोच्चको संवैधानिक इजलासमा मंगलबारदेखि सुरु हुँदैछ। गत आइतबारका लागि निर्धारित सुनुवाइ इजलासमा रहेका दुईजना न्यायधीशको ’boutमा प्रश्‍न उठेपछि त्यही विवादमा मंगलबारसम्मका लागि स्थगित भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन्। रिट निवेदक पक्षका वकिलहरूले विगतका फैसलासँग स्वार्थको बाझिने भएकोले न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्नुपर्ने माग गरेका थिए। न्यायाधीश श्रेष्ठले नेतृत्व गरेको इजलासले २३ फागुनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण पूर्वको अवस्थामा फर्कने आदेश गरेका थिए। उक्त आदेशलाई पुनरावलोकनबाट उल्ट्याउन माग गरिएको निवेदनको सुनुवाइ गर्दै पुनरावेदन नगर्ने निर्णय दिने इजलासमा न्यायाधीश केसी पनि थिए। पढ्नेक्रम जारी राख्नुहोस्

उपत्यकामा बन्द खाद्य पसल खुलाउने तयारी


केही प्रावधान खुकुलो बनाएर एक साता निषेधाज्ञा थप्ने’bout छलफल
मातृका दाहाल
काठमाडौँ — सरकारले केही प्रावधान खुकुलो बनाएर जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरि बिहान खोल्न दिने तयारी भएको छ ।
‘पाँच वटा सेक्टरलाई शर्तसहित चल्न दिने’bout छलफल भइरहेको छ । खाद्य-किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी ग्रोसरी र डिपार्टमेन्टल स्टोरहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुन्छ होला,’ प्रजिअ पराजुलीले कान्तिपुरसँग भने । उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ । ‘सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न दिने’bout छलफल भइरहेको छ,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्