Monthly Archives: जुन 2021

एमाले पुरानै संरचनामा


दसौं महाधिवेशन आयोजक कमिटी आज भंग गरिँदै
kp-madhav-bamdev_20210316052737काठमाडौं : एमाले पुरानै संरचना अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले एमाले र माओवादी केन्द्र एकतापूर्वको केन्द्रीय कमिटी बैठक असार १८ गते बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। प्रवक्ता ज्ञवालीका अनुसार दसौं महाधिवेशन आयोजक कमिटीको बुधबार बस्ने बस्ने बैठकले यो निर्णय अनुमोदन गर्नेछ। ‘पहिले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बस्छौं। त्यसले पार्टीको अहिलेका संरचनालाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ’, प्रवक्ता ज्ञवालीले भने, ‘रूपान्तरित केन्द्रीय कमिटीको बैठक १८ गते गर्ने निर्णय हुनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्

महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड


११६ मध्ये केही खरिद गरिसकेको, केही खरिद गरिँदै
कृष्ण आचार्य
thumbकाठमाडौँ — सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिनारोकटोक स्वीकृति दिइरहेको छ । अर्थमन्त्री भएलगत्तै विष्णु पौडेलले ‘सार्वजनिक खर्चमा मितव्ययिता मापदण्ड’ जारी गरी सार्वजनिक निकायबाट हुने फजुल खर्च कटौती गरेर प्रशंसा बटुलेका थिए । मापदण्डमा उल्लिखित शीर्षकका लागि बजेट आवश्यकै परे पनि सार्वजनिक निकायले निकासा माग गर्न अर्थ मन्त्रालयसमक्ष निकै मिहिनेत गर्नुपर्छ । नयाँ गाडी खरिद गर्ने प्रस्ताव त अर्थले हतपत स्वीकृत नै गर्दैन । सर्वोच्चका हकमा भने मन्त्रालयले सहजै स्वीकृति दिने गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसमा आकांक्षीको दौडधुप


भापतिका आकांक्षी संस्थापनपक्षबाट– देउवा र विमलेन्द्र निधि
इतरपक्षबाट– रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला र सुजाता कोइराला
congress-flagकाठमाडौँ — आसन्न महाधिवेशनबाट नेतृत्व लिनका लागि कांग्रेसमा नेताहरूको दौडधुप सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएपछि संस्थापनइतर पक्षका आकांक्षीले पनि समर्थन खोज्न थालेका छन् । संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य आकांक्षी छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने अहिलेसम्म मौन छन् । १३ औं महाधिवेशनमा तेस्रो धारको प्रतिनिधित्व गरेर सभापतिको उम्मेदवार बनेका सिटौला यसपटक फेरि उठ्ने वा अन्य नेतालाई सहयोग गर्ने भन्नेमा प्रस्ट भएका छैनन् । उनीनिकट एक केन्द्रीय सदस्यका अनुसार उनी अहिले आफूनिकट र संस्थापनइतर पक्षका नेताहरूसँग परामर्शमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दा : राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीको बहस सुरु


20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको निवेदनमाथि संवैधानिक इजलासमा विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सुरु भएको छ । संवैधानिक इजलासमा सोमबारबाट विपक्षीले बहस गर्न थालेका हुन् । सुरुमा बहसमा महान्यायाधिवक्ता रमेश बडाल आएका छन् । उनले ३ घण्टा बहस गर्ने भएका छन् । असार ९ गते सुरु भएको प्रतिनिधिसभा विघटनविरुद्धको निरन्तरको सुनुवाइमा आइतबार निवेदकका कानुन व्यवसायीको बहस सकिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रोइरहन्छ दिलमायाको दिल


भरत खड्का
‘अभिभावक बित्नुभयो, झुप्रो छाड्न भनियो, अब हामी कहाँ जाऔं ?’
Udayapur-(4)_20210627003017उदयपुर : ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो। पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो। पढ्नेक्रम जारी राख्नुहोस्

विद्यालय बगाएपछि पढाइको चिन्ता


मर्स्याङ्दीमा आएको बाढीले भर्ना न पढाइको अवस्था
आश गुरुङ
thumbलमजुङ — मनाङको नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माविमा पढ्ने सन्देश तामाङ असार १ गते बिहान उठ्दा मर्स्याङ्दीमा बाढी उर्लंदै थियो । बाढी बढ्दै गएपछि उनको मनमा चिसो पस्यो, अब बाढीले स्कुल डुबाउँछ । धादिङ घर भई तालडाँडा बस्दै आएका उनी कक्षा १० का विद्यार्थी हुन् । उनका अनुसार हेर्दाहेर्दै बाढी तालगाउँ प्रवेश गर्‍यो । तटबन्ध नाघेर बाढी स्कुलतर्फ आयो । ‘अब स्कुल डुबाउने भयो भनी मनमनै भनें । नभन्दै केही बेरमा स्कुल सबै डुबायो,’ उनले भने । उनका अनुसार अब स्कुलमा पढ्न सकिँदैन । सबै डुबाएको छ । शौचालय लगेको छ । पर्खाल भत्काएको छ । ‘बास त टेन्टमा बसौंला । खाना त राहतको खाउँला तर स्कुलमा कसरी पढ्ने ?’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्