Daily Archives: 31/05/2021

‘नवनागरिक’ विरुद्ध उजुरीका चाङ


झूटो विवरण र पैसा खुवाएर नागरिकता लिनेमा भारतीयसँगै भुटानी पनि
भत्ताकै लागि दोहोरो नागरिकता लिने बढी
शिव पुरी, सुनिता बराल, अवधेश झा, ओमप्रकाश ठाकुर
thumbरौतहट, महोत्तरी, सप्तरी, सर्लाही — प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा झूटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा दर्जनौं भारतीयविरुद्ध उजुरी परेका छन् । गाउँमै नागरिकता टोली खटिएका बेला र प्रशासन कार्यालयबाटै पनि पैसा खुवाएर (आर्थिक लेनदेन) भारतीयले नेपाली नागरिकता लिने गरेका हुन् । त्यस्ता ‘नवनागरिक’ मध्ये केही आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ । भारतीयले नागरिकता लिएको भन्दै परेका कतिपय उजुरीको भने छानबिन भइरहेको र केही नागरिकता रद्द गर्न सिफारिस गरिएको प्रशासन कार्यालयहरूले दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्