इराकविरुद्ध नेपाल ६–२ गोलले पराजित


nepal-_20210530004208काठमाडौं : घरेलु टोली इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भएको छ। बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा पहिलो हाफमा इराकले ४–२ को अग्रता लिएको थियो। खेलको आठौं मिनेटमा इराकका अला अब्दुल खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। मनिष डाँगीले फल गरेपछि प्राप्त फ्रिकिकमा खासिन आफैले फ्रिकिक प्रहार गर्दै गोल गरेका थिए। त्यसलगत्तै इराकका डिफेन्डर अहमद इब्राहिम खलिफले आत्मघाती गोल गरेपछि नेपालले बराबरी गरेको थियो। अञ्जन विष्टले इराकी गोलरक्षक फहाद रहिमलाई बिट गर्दै प्रहार गरेको बललाई खलिफले बचाउने क्रममा आफ्नै पोस्ट्को जाली चुमाएका थिए।

खेलको ३९औं मिनेटमा पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए। मनिषसँगै डिफेन्डर गौतम श्रेष्ठले पनि इराकविरुद्ध डेब्यु गरेका थिए। तर, नेपालको अग्रता लामो समयसम्म टिक्न सकेन। लगत्तै मोहमद ओबिदले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।

शारीरिक रुपमा निकै बलिया इराकी खेलाडीले लगातार पोस्ट् आक्रमण गर्दै गोलरक्षक किरण चेम्जोङलाई निकै व्यस्त राखेको थियो। खेलको ४०औं मिनेटमा अमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए। किरण चेम्जोङ अगाडि बढेको मौकामा उनले वान भर्सेस वानमा गोल गरेका थिए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा हुसेनले नै व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका थिए। उनले कर्नरमा प्राप्त बलमा हेड गोल गरेका थिए।

दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो। इराकी आक्रमणको नेपाली रक्षकले डटेर सामना गरे पनि इराकले दुई गोल थप्न सफल भयो। ६८औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५–२ को अग्रता लियो। वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वान भर्सेस वनमा गोल गरेका थिए। खेलको ७४औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को जित दिलाए। उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

नेपालले २० वर्षपछि घरेलु टोली इराकसँग फुटबल खेलेको हो। यसअघि भएका तीनवटै भेटमा इराकले जित निकालेको थियो। नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो। एसियन गेमअन्तर्गत भारतको नयाँ दिल्लीमा भएको भेटमा इराकले ३–० गोलकोजित निकालेको थियो। यसैगरी सन् २००१ अप्रिल १४ मा इराकमै भएको दोस्रो भेटमा भने नेपाल ९–१ गोलले पराजित भएको थियो। उक्त खेलमा नेपालकानीराजन रायमाझीले एक गोल गरेका थिए। यसैगरी सन् २००१ मै फिफा विश्वकप छनोटको खेलमा नेपाल इराकसँग ४–२ गोलले पराजित भएको थियो। उक्त भिडन्तमा नेपालका हरि खड्का र नीराजन रायमाझीले एक÷एक गोल गरेका थिए।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.