काठमाडौं : घरेलु टोली इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भएको छ। बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा पहिलो हाफमा इराकले ४–२ को अग्रता लिएको थियो। खेलको आठौं मिनेटमा इराकका अला अब्दुल खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। मनिष डाँगीले फल गरेपछि प्राप्त फ्रिकिकमा खासिन आफैले फ्रिकिक प्रहार गर्दै गोल गरेका थिए। त्यसलगत्तै इराकका डिफेन्डर अहमद इब्राहिम खलिफले आत्मघाती गोल गरेपछि नेपालले बराबरी गरेको थियो। अञ्जन विष्टले इराकी गोलरक्षक फहाद रहिमलाई बिट गर्दै प्रहार गरेको बललाई खलिफले बचाउने क्रममा आफ्नै पोस्ट्को जाली चुमाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/05/2021
इराकविरुद्ध नेपाल ६–२ गोलले पराजित
Posted in समाचार
संविधानको मर्मविपरीत अध्यादेशबाट बजेट : मतदाता प्रभावित पार्न वितरण र छुटैछुट
कृष्ण आचार्य
काठमाडौँ — चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको बजेटमा बहुसंख्यक नागरिक, पेसा व्यवसाय र उद्योगी व्यवसायीलाई वितरण, छुट तथा सुविधा दिई निर्वाचनमा प्रभावित पार्ने कार्यक्रमहरू समेटिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार