Daily Archives: 27/05/2021

प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा निवेदन प्रधानन्यायाधीशकै इजलासमा


thumbकाठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् । दुईथरी निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरु जबराको इजलासमा परेका हुन् । संवैधानिक इजलासमा तोकिएका निवेदनहरुको पालो शुक्रबार आउनेछ । १९ वटा निवेदनमध्ये केहीमा सरकारलाई अनुकूल हुने निवेदनहरु पनि छन् । तिनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनुपर्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने मागसमेत छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपाकै पथमा जसपा


पछिल्ला गतिविधि र दुई अध्यक्षबाट एकअर्कालाई कारबाही गर्ने विज्ञप्तिबाजीले जसपाको आधिकारिकताको प्रश्न उठ्न थालिसकेको छ । यसको छिनोफानोको मुद्दा निर्वाचन आयोगतिरै सर्ने सम्भावना छ ।
प्रतिपक्षमा बस्ने समझदारी गरेर सबैभन्दा पहिला कांग्रेससँगको गठबन्धनमा उपेन्द्रजी नै जानुभयो । सहमति त्यहीं भत्कियो ।– शरतसिंह भण्डारी
विधान र प्रक्रिया आत्मसात् नगर्ने प्रवृत्तिका कारण समस्या भयो । अर्को पक्ष पार्टीको नीति–निर्देशनभन्दा बाहिरबाट चल्न थाल्यो । – रामसहायप्रसाद यादव
कुलचन्द्र न्यौपाने
काठमाडौँ — तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले २०७७ वैशाख १० गते मध्यरातमा एकता गर्दा एकीकृत जनता समाजवादी पार्टीको नेतृत्व कसले लिने भन्ने मुख्य विवाद थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समाजवादी पार्टी विभाजन गर्ने लक्ष्य राखेर अध्यादेश ल्याइदिएपछि त्यसको नेतृत्वमा रहेका उपेन्द्र यादव एकीकरणका लागि सबैभन्दा बढी दबाबमा थिए । पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने गरी अध्यादेशमार्फत कानुन संशोधन गरिएको थियो । आफ्नै दलका सात सांसदले पार्टी फुटाउन खुट्टा उचालिरहेका बेला यादवका लागि नेतृत्वको भन्दा पार्टी जोगाउने विषय त्यतिबेला महत्त्वपूर्ण बन्यो । नेतृत्वको विवाद थाती राखेरै बराबरी हैसियतमा एकता गर्ने सैद्धान्तिक सहमति जुटाएर मध्यरातमा पार्टी एकताको घोषणा गरियो । पढ्नेक्रम जारी राख्नुहोस्